टि–२० विश्वकपका लागि फिन्चको अष्ट्रेलियन टिम घोषणा

क्रिकेट अस्ट्रेलियाले आसन्न टि–२० विश्वकपका लागि आफ्नो टिम घोषणा गरेको छ। चोटका कारण एक महिनादेखि मैदान बाहिर रहेका आरोन फिन्चको कप्तानीमा क्रिकेट अस्ट्रेलियानले टि–२० विश्वकपका लागि १५ सदस्यीय टिम घोषणा गरेको हो।

टि–२० विश्वपक अक्टोबर १७ बाट २४ सम्म यूएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने छ। आईसिसीले विश्वकप तालिका सर्वाजनिक गरेको भोलिपल्टै क्रिकेट अस्ट्रेलियाले टिम घोषणा गरेको हो। विश्वकपका लागि टिम घोषणा गर्ने अस्ट्रेलिया पहिलो टिम बनेको छ।

विश्वकपको सुपर १२मा अस्ट्रेलिया ग्रुप १मा छ । यो गु्रुपममा अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज छन् भने पहिलो चरणको समूह एको विजेता र समूह बीको उपविजेता पनि यही समूहमा हुने छन्।

अस्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रिकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

यस्तो छ अस्ट्रेलियन टिम

आरोन फिन्च (कप्तान), प्याट कमिन्स (उपकप्तान) एस्टन अगर, मिचेल स्टार्क, जोस हेजलउड, मार्कस स्टोइनिस, जोश इंग्सि, मिचेल स्विपसन, मिचेल मार्स, स्टिभ स्मिथ, एडम जाम्पा, डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन ।

रिजर्भ खेलाडी : डानियल साम्स, नाथन एलिस र डेनियल क्रिस्टियन ।