°
, June 1, 2023 in

दीपेन्द्रले बनाउलान कीर्तिमान?

SHARE:

नेपाली टिमक सबैभन्दा उत्कृष्ट फर्ममा रहेका ब्याट्सम्यान हुन् दीपेन्द्रसिंह ऐरी । सन् २०२२मा टि–२० अन्तर्राष्ट्रिय सर्वाधिक रन बनाएका दीपेन्द्रले जारी टि–२० सिरिजमा सोही लय देखएका छन्।

पपुवा न्युगिनीविरुद्धको फाइलनमा दीपेन्द्रसिंह ऐरीलाई कीर्तिमान बनाउने अवसर छ । नेपालका लागि सर्वाधिक टि–२० अन्तर्राष्ट्रिय रन बनाएका दीपेन्द्रले आज २१ रन मात्र बनाउन सके टि–२० अन्तर्राष्ट्रियमा १ हजार रन पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्ने छन्।

उनले यही सिरिजमा पूर्वकप्तान पारस खड्काको नामम रहेको ७९९ रनको कीर्तिमान तोडेका थिए । अघिल्लो साता पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका दीपेन्द्रले जारी सिरिजमा लिगको अन्तिम खेलमा मलेसियालविरुद्ध अविजित ११० रन प्रहार गर्दै नेपालका लागि दुवै फर्म्याटमा शतक प्रहार गर्ने पारसपछि दोस्रो खेलाडी बनेका थिए ।

दीपेन्द्रको यो इनिङ टि–२०मा नेपालका लागि कुनै पनि खेलाडीले बनाएको उत्कृष्ट इनिङ हो।

SHARE: