°
, June 1, 2023 in

नेदरल्यान्ड्सले दक्षिण अफ्रिकाविरुद्धको सिरिजका बाँकी खेल नखेल्ने

SHARE:

दक्षिण अफ्रिका भ्रमणमा रहेको नेदरल्यान्ड्सले घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिजका बाँकीका खेल नखेल्ने भएको छ। अफ्रिकी महादेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएपछि नेदरल्यान्ड्सले एकदिवसीय सिरिजका बाँकी दुई खेल नखेल्ने निर्णय गरेको हो।

सेन्चुरियनमा शुक्रबारको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको थियो। त्यसपछि दुवै बोर्डले २४ देखि ४८ घण्टामा सिरिजबारे निर्णय गर्ने घोषणा गरेका थिए। यद्यपि, नेदरल्याण्ड्स टोली दक्षिण अफ्रिकामा नै बस्ने भएको छ।

नेदरल्याण्ड्सको टोलीले डिसेम्बर ३ अघि उडान पाउने छैन। यता, दुईवटा उडानमार्फत् दक्षिण अफ्रिकादेखि नेदरल्याण्ड्सको राजधानी आम्सटर्डम आइपुगेका १३ जना यात्रुमा कोरोनाको संक्रामक भेरियन्ट संक्रमण पुष्टि भएको छ।

SHARE: