टि–२० विश्वकपको ग्लोबल छनोटका समूह एको सेमिफाइनलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ।
खतरनाक देखिएका युवा ब्याट्सम्यान भृत्या अरविन्दलाई बोल्ड गर्दैै सन्दीपले नेपाललाई सफलता दिलाएका छन्। भृत्याले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए ।
आमोनस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा दोस्रो ओभरको चौथो बलमा जितेन्द्र मुखियाले चिराग सुरीलाई बोल्ड गर्दै नेपाललाई सफलत दिलाएका थिए ।
जारी खेलमा ८ ओभरमा युएईले २ विकेटको क्षतिमा ७२ रन बनाएको छ।