नेपाली महिला भलिबल टिमका लागि १५ खेलाडी छानिए

सेन्ट्रल जोन महिला च्यालेन्ज भलिबलका लागि नेपाली महिला राष्ट्रिय भलिबल टिमको दोस्रो चरणको छनोट गरिएको छ। बंगलादेशमा यही डिसेम्बर २१ देखि २९ सम्म हुने प्रतियोगिताका लागि दोस्रो चरणको छनोटमा नेपाल भलिबल संघले शनिबार १५ सदस्यीय टिम घोषणा गरेको हो।

संघले बनद प्रशिक्षणमा रहेका २० खेलाडीमध्येबाट १५ सदस्यीय टिम घोषणा गरेको हो। यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका रेश्मा भण्डारीसहित ५ खेलाडी भने बाहिरिएका छन् ।

दुई वर्षअघि बंगलादेशमै भएको सेन्ट्रल जोन अनी नेपालमा १३औं साग खेलेका रेश्मासहित पुनम चन्द, उषा विष्ट र जानकी भण्डारीले १५ जनाको सूचीमा स्थान बनाउन सकेनन् । यस्तै शान्तिकला तामाङ पनि बाहिरिएकी छिन् ।

महिला टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले दोस्रो चरणमा १५ खेलाडी छनोट गरिएको र १२ जनाको अन्तिम टोली छनोट गरिने बताए ।

बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीः प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, कविता भट्ट, मनिषाकुमारी चौधरी, अरुणा शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, सरस्वती जैशी