पहिलो हाफमा नेपाल र भारतले खेले बराबरी

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले भारतसँग पहिलो हाफमा बराबरी खेलेको छ। मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो ।

साफ च्याम्पियनसिपको बलियो टिम भारतले पहिलो हाफमा नेपाललाई पूर्ण रुपमा दबाबमा राखेको थियो । ७ पटकको च्याम्पियन भारत नेपालविरुद्ध दबाबमा छ। लागतार दुई खेलमा बराबरी खेलेपछि फाइलन पुग्न उसलाई कम्तिमा एक अंक आवश्यक छ।

पहिलो हाफमा भारतले बलमा पकड जमाएपनि गोल गर्न सकेन । भारतका कप्तान सुनिल क्षेत्रीले ३३ औं मिनेटमा गोलको अवसर खेर फालेका थिए । नेपालका कप्तान किरण चेम्जोङ बिट भईसकेको अवस्थामा उनको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफमा नेपालले भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन ।