पारससँगको भेटमा देउवाले भने– तपाईंको सफलताले हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेको छ

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा क्रिकेटर पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । पारसले शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।

पारसले प्रधानमन्त्रीलाई भेट गरेको पुष्टी प्रधानमन्त्री देउवाले आफ्नो ट्विटरमार्फत गरेका छन् । प्रधानमन्त्री देउवाले पारससँगको भेटका तस्बिर राख्दै ट्विट गरेका छन्।

पारसले दुई साताअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । पारसले क्रिकेटमा प्राप्त गरेको सफलताले आफूहरुलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेको प्रधानन्त्री देउवाले उल्लेख गरेका छन्।

प्रधानमन्त्री देउवाले ट्विटरमा खेलेका छन्, ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा तपाईंलाई धन्यवाद।’

प्रधानन्त्री देउवाले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै पारसले शुभकामना पनि दिएका छन् । उनले सरकारको साथ र सहयोग सधैं रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाको ट्विटलाई रिट्विट गर्दै पारसले देउवालाई सद्भावका लागि धन्यवान दिएका छन्। उनले खेलेका छन्,‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई यो सद्भाव तथा आगामी दिनमा नेपाली क्रिकेटको विकास गर्ने प्रतिबद्धताका लागि धन्यवाद दिन चाहन्छु ।