फेडेरर विम्बल्डनबाट बाहिरिए

रोजर फेडेरर विम्बल्डन टेनिसबाट बाहिरिएका छन् । स्विस खेलाडी क्वाटरफाइनलमा हुबर्ट हुरकाजसँग सिधा सेटमा पराजित हुन्दै प्रतियोगिताबाट बाहिरिएका हुन्। यो हारसँगै नवौंपल्ट विम्बल्डन जित्ने फेडेरसको सपना अधुरै रह्यो ।

सेमिफाइनल प्रवेशका लागि भएको खेलमा हुरकाज ६–३, ७–६ र ६–० ले विजयी रहे । कीर्तिमान २० ग्रान्डस्लाम विजेता फेडेररले अल इंग्ल्यान्ड क्लबमा कुनै सेट लभमा गुमाएको यो पहिलो पल्ट हो ।

बुधबारकै अर्को खेलमा डिफेन्डिङ च्याम्पियन नोभाक जाकोभिच सजिलै सेमिफाइनल पुगेका छन् । उनले हंगेरीका मार्टोन फुस्कोभिसलाई ६–३, ६–४ र ६–४ ले हराए ।

Facebook Comments Box