°
, June 1, 2023 in

बलिङमा चम्किए कमल, गण्डकीेले प्रदेश २ लाई ५५ रनले हरायो

SHARE:

कमल परियारले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि गण्डकी प्रदेशले वाईवाई यू(१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले प्रदेश–२ लाई ५५ रनले पराजित गरेको हो ।

गण्डकीले दिएको १५७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २२.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र जोड्न सक्यो । प्रदेश–२ का लागि तृत राज दासले सर्वाधिक ३१ रन रोहन विकले २३ रन बनाए । गण्डकीका कमल परियारले ५.५ ओभरमा २० रन खर्चेर सर्वाधिक ५ विकेट हात पारे । यस्तै सुवास भण्डारीले ३ विकेट लिएश्र

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४३।४ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो । गण्डकीका लागि ओपनर अर्जून कुमालले सर्वाधिक ४७ रन बनाए भने सन्देश सुनारले २६ रन जोडे ।

प्रदेश २ का विवेक यादवले ९ ओभरमा २ मेडन राख्दै २० रन मात्र खर्चेर सर्वाधिक ५ विकेट हात पारे । गुल्सन झाले ३ विकेट तथा अजय यादव र प्रदिप पासवानले १(१ विकेट लिए ।

SHARE: