°
, June 7, 2023 in

बी डिभिजन च्याम्पियन बन्दै चर्च बोइज ए डिभिजनमा

SHARE:

चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगमा उक्लिएको छ। बाँसबारी क्लबमाथि ५–१ सानदार जित निकाल्दै बी डिभिजन लिग च्याम्पियन बनेसँगै चर्च बोइज ए डिभिजनमा उक्लिएको हो।

लिगको एक खेल बाँकी छँदै उपाधि च्याम्पियन बनाउने क्रममा चर्च बोइजका साइमन लिम्बुले ह्याट्रिकसहित चार गोल गरे भने एक गोल आशिष चौधरीको नाममा रह्यो । बाँसबारीमा सन्जोक धिमालले एक गोल फर्काए ।

सातौं मिनेटमा साइमनले चर्च बोइजलाई सुरुआती अग्रता दिलाए । १७औं मिनेटमा आशिषले टिमको अग्रता दोब्बर बनाए । ३७औं र ४१औं मिनेटमा गोल गर्दै साइनमले आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ४–०को अवस्थामा पु¥याए।

६३औं मिनेटमा सन्जोक धिमालले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । ८५औं मिनेटमा साइमनले नै गोल गरेपछि चर्च बोइज च्याम्पियन बन्दै ए डिभिजन लिगमा बढुवा भयो ।

शीर्षस्थानमा रहेको चर्च ब्वाइजको १२ खेलबाट २६ अंक छ । उसले ८ जित र समान दुई बराबरी र हारको नतिजा निकालेको छ।

२०६६ सालमा स्थापना भएको चर्च बोइज स्थापनाको १३ वर्षमै शीर्ष डिभिजनमा बढुवा भएको हो । वि.सं. २०७६ र २०७७ मा सी डिभिजन छनोट खेलेको चर्च बोइज २०७८मा सी डिभिजनमा बढुवा भएको थियो, सोही सिजन उ बी डिभिजनमा बढुवा भएको थियो ।

SHARE: