°
, June 1, 2023 in
0

भरानोको गोलमा रियलको जित

SHARE:

डिफेन्डर राफेल भराने दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ। शनिबार राति भएको खेलमा भरानेले दोस्रो हाफमा २ गोल गरेपछि रियलले १ गोलले पछि परेको अवस्था उल्टाउँदै हुएस्कामाथि २–१को पुनरागमन जित निकाल्यो ।

घरेलु टिम हुएस्काविरुद्ध रियलको जितमा दुबै गोल राफेयल भरानले गरे भने हुएस्काका जाभी गलानले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको सुरुवातमै ४८औं मिनेटमा जाभीले गोल गर्दै हुएस्कालाई अग्रता दिलाए। तर, ५४ औं मिनेटमा भरानले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । बराबरीतर्फ उन्मूख खेलको ८४ औं मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दा रियलले २–१ गोलको जित निकालेको हो।

जितसँगै २१ खेलबाट ४३ अंक जोडेको रियल मड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको छ। गेटाफेलाई हराएको सेभिया पनि २१ खेलबाट ४२ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको १९ खेलबाट ५० अंक छ। चौथो स्थानमा रहेको बार्सिलोनाको भने २० खेलबाट ४० अंक छ।

शनिबार राति नै भएका अन्य खेलमा सेभियाले गेटाफेलाई ३–०ले हराउँदा लेभान्टे र ग्रानाडा तथा इल्चे र भिल्लारियलले समान २–२ गोलको बराबरी खेले ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *