एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपका लागि नेपाली महिला भलिबल टिमको घोषणा गरिएको छ। नेपाल भलिबल संघले आइतबार प्रतियोगिताका लािग १२ सदस्यी टिभ घोषणा गरेको हो।
टिममा कामना विष्ट, शान्ती थारु र लक्ष्मी चन्द पहिलो पटक स्थान बनाएका छन् भने कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेका छन् ।
कृपा र मनिषाले १२औं सागपछि टिममा पुनरागमन गरेका हुन् । यी दुई खेलाडी दुई वर्षअघि महिला टिमले सेन्ट्रल जोनको उपाधि जित्दा र १३औं सागमा रजत जित्दा टोलीमा थिएनन् । १३औं साग खेलका ७ खेलाडी टिममा परेका छन्।
यता, बन्द प्रशिक्षणमा रहेका सरस्वती जैशी, निरुता ठगुन्ना र कबिता भट्ट भने टिमबाट बाहिरिउका छन् ।
महिला र पुरुषको सेन्ट्रल जोन च्यालेन्ज कप बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुनेछ ।
नेपाली टिमः प्रतिभा माली, सरस्वती चौधरी,शान्ति थारु,उषा भण्डारी, सफिया पुन,सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही, कृपा अधिकारी ।