कञ्चनपुरको महेन्द्रनगरमा सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल हक्की संघको आयोजना र कञ्चनपुर जिल्ला हक्की संघको समन्वयमा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले गरे ।
पहिलो दिन नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । उद्घाटन खेलमा सेनाले गण्डकी प्रदेशलाई २–०ले हरायो । सेनाको जितमा सीमा खड्का र निलिमा पाण्डेयले एक÷एक गोल गरे । यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश २लाई ४–०ले हरायो । सुदूरपश्चिमकी बिन्दु रावलले तीन गोल र लक्ष्मी बमले एक गोल गरेका थिए ।
प्रतियोगिता आगामी फागुन २ गतेसम्म सञ्चालन हुने कञ्चनपुर जिल्ला हक्की संघका उपाध्यक्ष उमेश सुनुवारले जानकारी दिए ।