लियोनल मेसी, नेमार र एम्बाप्पेजस्ता स्टार खेलाडीले भरिएको पिएसजी लिग वानमा बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा स्टार खेलाडीले भरिएको पिएसजीलाई मार्सेलीले गोलरहित बराबरीमा रोकेको हो।
‘ले क्लासिक’ डर्बीमा दुवैले पहिलो हाफमा गरेको गोल भार मार्फत क्यान्सिल हुँद खेल गोलरहित बराबरीमा सकियो। १४औं मिनेटमा मार्सेलीका लुआन पेरेसले आफ्नै गोल गरे, तर सो गोल भारमार्फत् क्यान्सिल भएको थियो। २०औं मिनेटमा मार्सेलीका मिलिक मिलिकको गोलले पनि मान्यता पाएन।
५७औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटियो। सेन्गिज अन्डरलाई फाउल गरेपछि अर्चरफ हाकिमीले रातो कार्ड पाएका थिए । बराबरीसँगै ११ खेलबाट २८ अंक जोडेको पिएसजी शीर्षस्थानमा यथावत छ भने मार्सेली १८अंक जोडेर चौथो स्थाना छ।