युईएफए प्लेयर अफ द इयरको नोमिनेसन: डे ब्रुयन, कान्टे र जोर्जिन्होबीच प्रतिस्पर्धा

युरोपियन फुटबल एसोसिएसनले युईएफए प्लेयर अफ द अवार्डको नोमिनेसन सार्वजनिक गरेको छ। युईएफएले बिहीबार सार्वजनिक गरेको उत्कृष्ट तीनको नोमिनेसन सर्वाजनिक गरेको हो।

युईएफए मेन्स प्लेयर अफ द इयर अवार्डका लागि च्याम्पियन्स लिगको उपविजेता म्यान्चेस्टर सिटीका केभिन डे ब्रुयन, च्याम्पियन्स लिग विजेता चेल्सीका एन’गोलो कान्टे र जोर्जिन्होबीच प्रतिस्पर्धा हुने भएको छ।

युईएफए मेन्स प्लेयर अफ द अवार्डको उत्कृष्ट तीनको नोमिनेसनमा तीनै जना मिडफिल्डर परेको ११ वर्षपछि पहिलो पटक हो।

युईएफए मेन्स प्लेयर अफ दी इयरको सूचीमा लियोनल मेसी चौथो स्थानमा रहँदा अघिल्लो सिजनको यो अवार्ड विजेता बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की पाँचौं स्थानमा रहे।

यस्तै, एसी मिलानका जियानलुइजी डोनारुपमा छैठौं, पिएसजीका किलियन एम्बाप्पे सातौं, म्यान्चेस्टर सिटीका रहिम स्टर्लिङ आठौं स्थानमा छन् भने युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो नवौं र बोरुसिया डर्टमन्डका अर्लिङ हालान्ड छन्।

यस्तै, युईएफए वुमन्स प्लेयर अफ दी इयरका लागि बार्सिलोनाका तीन टिममेटबीच प्रतिस्पर्धा हुने भएको छ। युईएफए वुमन्स प्लेयर अफ द इयरको उत्कृष्ट तीनको नोमिनेसनमा बार्सिलोनाका जेनिफर हर्मोसो, लिएके मर्टेन्स र एलेक्सा पुटेलस परेका छन्।

यसैगरी युईएफए मेन्स कोच अफ द इयरका लागि म्यान्चेस्टर सिटीका पेप ग्वार्डिओला, इटालीका रोबर्टो मान्सिनी र चेल्सीका थोमस टुचेलबीच प्रतिस्पर्धा हुने छ।

र, युईएफए वुमन्स कोच अफ दी इयरका लागि बार्सिलोनाका लुइस कोर्टेस, स्वीट्जरल्यान्डका पिटर जेर्हार्डसन र चेल्सीका एम्मा हायसबीच प्रतिस्पर्धा हुने भएको छ।

अगस्त २६ मा इस्तानबुलमा हुने च्याम्पियन्स लिगको ड्र सार्वजनिक कार्यक्रममा विजेताको घोषणा गरिने छन् । विधागत उत्कृष्ट तीनको नोमिनेसन भने अघिल्लो साता नै सार्वजनिक भइसकेको छ।