युगल किशोर राई हिमालयन शेर्पाको मुख्य प्रशिक्षक

युगल किशोर राई ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबको मुख्य प्रशिक्षक बनेका छन्। शेर्पाले आगामी सिजनको सहिद स्मारक ए डिभिजन लिगका लागि राई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

राइले यसअघि नेपाल सुपर लिगमा धनगढी एफसीको जिम्मेवारी सम्हालेका थिए । ए लाईसेन्स प्राप्त राईले पहिलो पटक ए डिभिजन क्लब सम्हाल्न लागेका हुन्।

युगलले आरसिटी, नेपाल पुलिस क्लबबाट ए डिभिजन लिग खेलिसकेका छन् । उनले गत वर्ष नेपालमै भएको एएफसी ए लाईसेन्स कोर्ष उत्तिर्ण गरेका थिए। त्यसपछि उनले बी डिभिजनकाे बाँसबारी युथ क्लब हेरेका थिए।

यसैगरी शेर्पाले डिफेन्डर उर्लिच सिवेइसँगको सम्झौता पनि नवीकरण गरेको छ। अघिल्लो शेर्पाबाटै ए डिभिजन लिग खेलेका सिवेइले एनएसएल विराटनगर सिटी एफसीबाट खेलेका थिए।