राष्ट्रिय फुटसल लिगमा दुई धराने क्लब विजयी

पोखरामा जारी पहिलो संस्करणको ए डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत मंगलबार भएको खेलमा धरानका दुई क्लब द राइजिङ स्टार र फुटलस फाइभ धरान विजयी भएका छन्।

द राइजिङ स्टार बलियो मानिएको काठमाडौंको ढुकु फुटसल क्लबलाई ५–३ ले हराउँदै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। ६ खेलमा द राइजिङको १३ अंक भएको छ भने ४ अंकमात्र जोडेको ढुकु फुटसल सातौं स्थानमा छ ।

ढुकुविरुद्ध जित दिलाउन द राइजिङका मिलन राईले २ गोल गर्दा सुदीप तामाङ, हेमन्त थापामगर, विवेक राईले समान १ गोल गरे। यता, ढुकुका अमित लामा, प्रसिद्ध मगरले गोल गरे।

यस्तै, मंगलबार नै भएको अर्कोमा फुटसल फाइभ धरानले सबिन मेमोरियल एफसीलाई ५–४ले हरायो। फुटसल फाइभका लागि प्रवेश जोशी र विजय श्रेष्ठले समान २ गोल गर्दा रञ्जित गुरुङले १ गोल गरे । सविन मोमोरियलका अविनाश तामाङले २ तथा अनुप रानामगर र मनोज गुरुङले गोल गरे।

जितसँगै फुटसल फाइभ ११ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। सविन मेमोरियल भने १० अंकसहित पाँचौं स्थानमा छ।

Facebook Comments Box