कतार विश्वकपका ब्राजिलले विजयी सुरुआत गरेको छ। बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा ब्राजिलले सर्बियामाथि २–०को जित निकाल्यो।
ब्राजिललाई विश्वकपमा सानदार जित दिलाउन दुवै गोल रिचार्लिसनले गरे। विश्वकपको बलियो दाबेदार ब्राजिलले सुरुआतदेखी आक्रामक खेल खेलेको थियो। तर, पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
६२औं मिनेटमा ब्राजिलले सुरुआती अग्रता लिययो। भिनिसियस जुनियरको प्रहार गोलकिपर सर्बियाका गोलकिपरले रोकेको बललाई रिचार्लीसनले फिनिसिङ टच दिए। रिचार्लीसनले ७३ औं मिनेटमा ब्राजिलको अग्रता दोब्बर बनाए । भिनिसियसल दिएको पासमा बाइसाइकल किक हान्दै सुन्दर गोलमा गरेका थिए।
क्लब फुटबलमा यो सिजन खासै फर्ममा नरहे पनि ब्राजिलका लागि भने यो वर्ष उनी उत्कृगट लयमा छन् । उनले यो वर्षमात्र ब्राजिलका लागि ७ खेलमा ९ गोल गरेका छन्। सग्रमा भने उनले ३९ खेलमा १९ औं गोल गरेका छन्।
पछिल्लोपल्ट सन् २००२ मा च्याम्पियन भएको ब्राजिलले पछिल्ला १० संस्करणमा समूह चरणको शीर्षस्थानमा रहेको थियो । उसले विश्वकपको पहिले खेलमा अपराजित यात्रालाई २० औं खेलमा पुऱ्याएको हो र यस क्रममा १७ औं जित हात पारेको हो ।