नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्य रोहित चन्दले भारतविरुद्धको मैत्रीपूर्ण नखेल्ने भएका छन्। इन्डोनेसियन लिग खेल्न रोहित ९ दिनअघि मात्र जाकर्ता पुगेकाले उनले भारतविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका हुन्।
रोहित नेपाली टिमका सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्। पछिल्लो समय नेपाली टिममा डिफेन्सका भूमिका निर्वाह गरिरहेका उनी मिडफिल्डमा पनि उत्तिकै राम्रो खेल्न सक्छन्।
पर्सिजा जाकर्तामा पछिल्ला तीन सिजनबाट इन्डोनेसियन लिग खेलिरहेका छन््। इन्डोनेसियामै रहेका उनी लिग सुरु हुने ढिलाका भएपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन करिब एक महिना अघि नेपाल आएका थिए ।
भदौ ११ गते शुक्रबराबाट लिग सुरु हुने भएपछि रोहित मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीकै साल्लाहमा ९ दिनअघि पुनः इन्डोनेसिया फर्किएका थिए। रोहितका दाजु रवीन्द्र साफा च्याम्पियनसिप खेल्न आउने गरी रोहित इन्डोनेसिया गएको बताए ।
नेपालले आगामी भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ भने साफ च्याम्पियनसिप माल्दिभ्समा असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ।