स्पेनिस ला लिगाको नयाँ सिजन आज रातिबाट सुरु हुँदै छ । आज राति १२ः४५ मा भ्यालेन्सिया र गेटाफेबीचको भीडन्तसँग ला लिगाको नयाँ सिजन सुरु हुने छ।
यो सिजन ला लिगा सुपरस्टार बिहीन हुने छन् । दुई सिजन अघि रोनाल्डोले ला लिगा छाडेका थिए भने यो सिजनबाट लियोनल मेसी र सर्जियो रामोस हुने छैनन् । मेसी र रामोस दुवै फ्रेन्च क्लब पिएसजी गएका छन्।
यो सिजन ला लिगाको स्टारका रुपमा रहने छन्, रियलका करिम बेन्जिमा र लुका मोड्रिच, एट्लेटिको मड्रिडका लुइस सुआरे तथा भिल्लारियलका जेरार्ड मोरेनो।
यसअघि ला लिगाको उपाधि दाबेदारका रुपमा रियल मड्रिड र बार्सिलोना मात्र अघि आउँथे, अघिल्लो पटकबाटमा एट्लेटिको मड्रिड थपिएको छ । यो पटकबाट भने सेभिया र भिल्लारियल पनि थपिने पक्का छ ।
ला लिगाको नयाँ सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन एट्लेटिको मड्रिडले आइतबार राति ९ः४५बजे सेल्टाभिगोसँग खेल्ने छ। यस्तै, रियल मड्रिडले शनिबार राति १ः४५मा अलाभेसको सामाना गर्दा आइतबार राति ११ः४५ बजे बार्सिलोनाले रियल सोसिडाडसँग खेल्ने छ।