स्पेनिस ला लिगाको पहिलो खेलमा भ्यालेन्सिया साँघुरो जित निकालेको छ। घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेमाथि १–० को जित निकालेको हो।
भ्यालेन्सियाको जितमा कार्लोस सोलेरले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो ।
डिजेन डोकोनामले पेनाल्टी बक्समा डेनिस चेरेसेभलाई लडाएपछि प्राप्त पेनाल्टीमा कार्लोस सोलेरले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए ।
एक गोलले पछि परेको गेटाफेले बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दबाबमा राखेपनि फिनिसिङमा चुकिरहँदा बराबरी गर्न सकेन ।
७६औं मिनेटमा गेटाफे पनि १० खेलाडीमा समेटिँदा खेलमा फर्कने सम्भावना सकियो । इरिक कावाको दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।