लिग च्याम्पियन मछिन्द्रले भित्र्यायो स्ट्राइकर अभिषेक रिजाल

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले आसन्न लिगका लागि राष्ट्रिय टिमका स्ट्राइकर अभिषेक रिजाललाई अनुबन्धन गरेको छ। उसले कात्तिक २९ गतेबाट सुरु हुने लिगका लागि अभिषेकसँगको सम्झौता नवीकरण गरेको हो।

अघिल्लो सिजन पनि ए डिभिजन लिग अभिषेकले मछिन्द्रबाटै खेलेको थिए । तर, उनी पुरै सिजन भने लिग खेलेनन् । मछिन्द्रबाट लिग आधा खेलेपछि उनी आईलिग खेल्ने भारत लागेका थिए।

घरेलु फुटबलका युवा फरवार्ड अभिषेक पछिल्लो समय राष्ट्रिय टिममा पर्दै आएका छन् । अभिषेकले गत जेठमा सम्पन्न फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा बुटवल लुम्बिनीबाट खेलेका थिए ।

मछिन्द्रले आइतबारमात्र युवा स्ट्राइकर मनिष डाँगीलाई क्लबमा अनुबन्ध गरेको थियो भने उसले यो सिजन राष्ट्रिय टिमका सुनिल बललाई समेत अनुबन्धन गरेको छ।