°
, June 2, 2023 in

लिभरपुलको कठीन जित, न्युकासलसँग हार्‍यो एस्टनभिल्ला

SHARE:

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले कठीन जित निकालेको छ । आइतबा राति भएको खेलमा लिभरपुलले बर्नलीमाथि १–०को जित निकालेको हो।

लिभरपुलको जितमा ब्राजिलियन मिडफिल्डर फबिन्होले निर्णायक गोल गरे । उनले ४० औं मिनेटमा गोल गरेका थिए । त्यही गोल नै लिभरपुललाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

जितपछि २४ खेलबाट ५४ अंक जोड्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेष्टर सिटीलाई पछ्याइरहेको छ । एक खेल बढी खेलेको सिटीको ६३ अंक छ । पराजित बर्नली २१ खेलबाट १४ अंकसहित पुछारमा छ ।

यसैगरी अन्य खेलमा वुल्भ्सले टोटनहममाथि २–०को जित निकाल्यो भने एस्टन भिल्ला न्यसकासलसँग १–०ले पराजित भयो। वुल्भ्सलाई जित दिलाउन राहुल जिनिनेज र राहुल डिन्डेन्करले गोल गरे। यता, एस्टन भिल्लामाथि जित दिलाउन न्युकासलका केइरन ट्रिपियरले गोल गरे।

यस्तै अर्को खेलमा लेस्टर सिटी र वेस्टह्यामले २–२ गोलको बराबरी खेलेका छन् । लेस्टरको मैदानम भएको खेलमा घरेलु टोलीका युरी टिलेमन्स र रिकार्डो परेराले गोल गर्दा वेस्टह्यामका जारोर्ड बाओम र क्रेग डसनले गोल गरेका थिए ।

SHARE: