लामो समय चोटका कारण मैदान बाहिर रहेका मिडफिल्ड विक्रम लामाले थ्री स्टार क्लबसँग सम्झौता नवीकरण गरेका छन्। लामो सयमदेखि थ्री स्थारको कप्तान रहेका उनले ए डिभिजन लिगका लागि थ्री स्टारसँगको सम्झौता नवीकरण गरेका हुन्।
३२ वर्षीय विक्रमले बिहीबार थ्री स्टारसँगको सम्झौता नवीकरण गरेका हुन् । उनी सन् २०१२ देखि थ्री स्टारबाट खेल्दै आइरहेका छन्।
थ्री स्टारसँग सम्झौता नवीकरण गरेपछि उनले थी स्टार आफ्ना लागि घर भएको र यसका सदस्य परिवार भएको बताए । उनले टिमलाई सफलता दिलाउन कडा संघर्ष गर्ने बताए।
थ्री स्टारले यसअघि मिडफिल्डर आयुश घलान र डोना थापालाई अनुबन्ध गरेको छ भने अनन्त तामाङ, संजोग राई, निशान खड्का, निशान लिम्बू, मिक्छेन तामाङ र अशोक खवाससँग सम्झौता नवीकरण गरेको थियो।