ललितपुरे क्लब थ्री स्टारले आफ्ना तीन स्टार खेलाडीसँग सम्झौता नवीकरण गरेको छ । उसले मिडफिल्डर संजोग राई, डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर निशान खड्कासाग समझौता नीकरण गरेको हो।
थ्री स्टारले सम्झौता अवधि र रकमबारे भने खुलाएको छैन। कात्तिक २९ गतेदेखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि थ्री स्टारले आफ्ना तीन खेलाडीलाई क्लबमै राखेको हो।
अन्नत नेपाली राष्ट्रिय फुटबल टिमका सबैभन्द अनुभवी र उत्कृष्ट डिफेन्डर हुन् । उनले गत वैशाखमा भएको नेपाल सुपर लिग खेलेका थिएनन् । यता, संजोगक काठमाडौं रेजर्स र निशानले धनगढी एफसीबाट खेलेका थिए।
लिगका लागि थ्री स्टारले मिडफिल्डर डोना थापालाई अनुन्धन गरेको छ भने निशान लिम्बू, मिक्छेन तामाङ र अशोक खवाससँग सम्झौता नवीकरण गरेको छ।