सी डिभिजन लिग छनोटः ७८ टिम प्रतिस्पर्धामा, ३ टिम सी डिभिजनमा छनोट हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन लिग छनोटको तालिका सार्वजनिक गरेको छ। एन्फाले शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम आयोजना गर्दै सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका सर्वाजनिक गरेको हो।

भदौ १० गतेबाट सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन्स बोइज एफसी भिड्ने छन् । सोही दिने हुने अर्को खेलमा एफसिएफ एस र गोदावरी युनाईटेडबीच प्रतिस्पर्धा हुने छ।

७८ टिम सहभागी छनोट प्रतियोगिता भदौ १० बाट सुरु भएर कात्तिक १० गतेसम्म चल्ने छ । सो प्रतियोगिताबाट ३ टिम सी डिभिजन लिगका लागि छनोट हुने छ।

सहभागी ७८ टिमलाई २४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ३ टिम रहेका छन्। प्रत्येक समूहका विजेता टिम दोस्रो चरणमा प्रवेश गर्ने छन्। त्यसपछि प्रतियाेगिता नकआउटका आधारमा हुनेछ।

कुन समूहमा कुन टिम ?

यस्ताे छ तालिका