सुजलको कप्तानीमा लिगका लागि मछिन्द्रले सार्वजनिक गर्‍यो टिम

सहिद स्मारक ए डिभिजन लिग आजबाट सुरु भएको छ। लिग सुरु भएकै दिन डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले उपाधि रक्षाको योजनासहित टिम सार्वजनिक गरेको छ।

मछिन्द्रले राष्ट्रिय टिमका मिडफिल्डर सुजल श्रेष्ठका कप्तानीमा २४ सदस्य टिम शुक्रबार सार्वजनिक गरेको हो। टिममा विमल घर्तिमगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, विशाल श्रेष्ठ, रञ्जीत धिमालजस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् ।

मछिन्द्रले अधिंकाश पुरानै खेलाडीसँग सम्झौता नवीकरण गर्दा मनिष डाँगी, सुनिल बललाई भित्र्याएको थियो भने विदेशी खेलाडीका रुपमा करिम ओमोलाजा, नुर्लान नोब्रोजोभ, एन्ड्रेस नियालाई अनुबन्धन गरेको छ।

एमएफसीले मंंसिर ६ गते न्यूरोड टिम (एनआरटी)सँग खेल्दै लिगको उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

मछिन्द्रकाे टिम : सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, दिलन लोक्ताम, अभिषेक रिजाल, एड्रेस निया, बिजय धिमाल, मनिष डाँगी, सुनिल बल, देवेन्द्र तामाङ,रंजित धिमाल, बुद्ध चेम्जोङ, विशाल राई प्रमोद चौधरी,मिलन धिमाल, उत्सव राई, अभिषेक गुरुङ, रेजिन सुब्बा, नुर्लान नोब्रुजोभ, सुर्य अधिकारी, विमल घर्ति मगर, छिरिङ गुरुङ, अभियान प्रधान, नविन सिलवाल, करिम ओमोलाजा ।