सेन्ट्रल जोन महिला भलिबल : लगातार तेस्रो जितसँगै नेपाल फाइनलमा

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो जित निकाल्दै नेपाल फइनलमा प्रवेश गरेको छ ।

ढाकामा मंगलबार भएको खेलमा नेपालले आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हरायो । यसअघि पनि नेपालले अफागनस्तिान र कीर्गिस्तानलाई ३–०कै सोझो सेटम हराउको थियो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५–७, २५–६ र २५–६ को सेटले पराजित गरेको हो ।

अब नेपालले लिगको अन्तिम खेलमा बुधबार बलियो टिम माल्दिभ्सको सामना गर्ने छ ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथो हुने टिमले तेस्रो स्थानहासिलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP