जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख विजयी भएको छ। १० खेलाडीमा सीमित बायर्न म्युनिखले शुक्रबार राति भएको खेलमा ग्रुथर फर्थलाई ३–१ले हरायो।
वायर्नको जितमा थोमस मुलर, जेसुआ किमिचले गोल गर्दा एक गोल आत्मघाती भएको थियो भने फर्थका सेड्रिक इटेनले गोल गरेका थिए।
खेलको १०औं मिनेटमै मुलरको गोलमा बायर्नले सुरुआती अग्रता लियो। त्यसपछि ३१औं मिनेटमा जेसुआ किमिचले बार्यनको अग्रता दोब्बर बनाए। दोस्रोको सुरुआतमै बायर्न १० खेलाडमिा समेटियो । उसका बेन्जामिन पाभार्डले ४८औं मिनेटमा रातो कार्ड पाएका थिए।
६८औं मिनेटमा सेवास्टियन ग्रिस्टबेकले आफ्नै पोष्टमा गोल गरेपछि बायर्नले ३–०को अग्रता बनायो । ८७औं मिनेटमा फर्थका इटेनले सान्त्वना गोल गरे। त्यसपछि कुनै गोल नहँदा खेल ३–१मै सकियो।
वायर्न ६ खेलबाट १६ अंक सहित शीर्ष स्थानमा छ । फर्थ एक अंक सहित तालिकाको पुछारमा छ ।