सिटीको जितमा स्टर्लिङको गोल

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले निर्णायक गोल गरे। उसले वुल्भ्समाथि १(०को जित निकाल्यो।

शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित उल्भ्सलाई १(० गोलअन्तरले पराजित गरेको हो। सिटीको जितमा रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे। पहिलो हाफको इन्जुरी समयमा राहुल जेमिनेजले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाएपछि उल्भ्स १० खेलाडीमा समेटिएको थियो।

उक्त मौकालाई सदुपयोग गर्दै सिटीले जित निकाल्यो। सिटीको जितमा स्ट्रर्लिङले खेलको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गरे।

जितसँगै सिटीले १६ खेलमा ३८ अंक जोडेको छ। उल्भ्स २१ अंक जोडेर आठौं स्थानमा रहेको छ।