इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको चेल्सी र लिड्स युनाइटेडबीचको खेल निकै रोमाञ्चक बन्यो । चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै चेल्सीले खेल ३–०ले जित्यो ।
चेल्सीको जितमा जर्गिन्होले २ तथा मासन माउन्टले एक गोल गरे । लिड्सका लागि राफिन्हा र जोए गाल्हार्डले गोल गरेका थिए ।
२८ औं मिनेटमा नै राफिन्हाले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए। उनले पेनाल्टीमा गोल गरेका थिए । ४२औं मिनेटमा मार्कस ओलन्सोले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए।
५८औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई खेलमा पहिलो पटक अग्रता दिलाए । ८३ औं मिनेटमा गेल्हार्डले गोल गर्दै खेललाई पुनः २–२ को बराबरीको स्थितिमा ल्याए । त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा जोर्गिन्होले पेनाल्टीबाटै गोल गरेपछि चेल्सीलाई ३–२ ले विजयी भयो ।
जितसँगै १६ खेलमा ३६ अंक जोडेको चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ। पराजित लिड्स भने १६ अंकका साथ अंकतालिकाको १५ औं स्थानमा रहेको छ।