कराँतेको पुरुष टिम कातामा पनि नेपालले स्वर्ण पदक जितेको छ । नेपालका लागि मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामाङको टोलीले स्वर्ण पदक जितेको हो ।
नेपाली पुरुष टोलीले फाइनलमा श्रीलंकालाई हराउँदै स्वर्ण जित्न सफल भयो । नेपालले २५।५४ अंक स्कोर गर्यो भने श्रीलंकाले २५.२८ अंक स्कोर गरेको छ ।
यसअघि मण्डेकाजीले व्यक्तिगत स्पर्धामा पनि स्वर्ण पदक जितेका थिए । कराँतेको महिला टिम कातामा पनि नेपालले नै स्वर्ण जितेको छ ।