श्रीलंकालाई हराउँदै भुटान फाइलनमा

काठमाडौंस्थित दशरथ रंगशालामा जारी १३औं सागको पुरुष फुटबलमा भुटान फाइलनमा प्रवेश गरेको छ । शनिबार साँझ भएको समूहको अन्तिम खेलमा ३–०ले पारजित गर्दै भुटान फाइनलमा पुगेको हो ।

नेपाल, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्स गरी ५ टिम सहभागी फुटबलमा भुटानले ४ खेलमा ३ जित निकाल्दै फाइलनमा स्थान पक्का गरेको हो । भुटानले बंगलादेशलाई १–०ले पराजित गरेको थियो भने माल्दिभ्सलाई २–१ले पराजित गरेको थियो । तर, नेपालसँग भने भुटान ४–०ले पराजित भएको थियो ।

२४ गते हुने फाइलनमा भुटानले नेपाल र बंगललादेश मध्ये १ सँग खेल्ने छ । नेपाल र बंगलादेशबीचको खेल आइतबार साँझ ५ बजे हुने छ । नेपाल ७ अंक जोड्दै दोस्र्रो स्थानमा छ । गोलअन्तर राम्रो रहेकाले नेपाल बंगलादेशसँग ५–० भन्दा कमअन्तरले पराजित भए नेपाल फाइलन पुग्ने छ ।

खेलको १९ औं मिनेटमा छिमी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा दावा छिरिङले पेनाल्टीमा गोल गर्दै भुटानलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा एशि दोर्जीले गोल गर्दै भुटानलाई ३–० को जित दिलाए ।