सागको महिला फुटबलमा ४ टिम मात्र, नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा संयुक्त रुपमा अयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा महिला फुटबलमा यसपटक ४ टिम मात्र सहभागी हुने भएका छन् ।

भुटान, बंगलादेश र पाकिस्तानले सहभागीता नजनाउने भएपछि सागको महिला फुटबलमा नेपाल, भारत, श्रीलंका र माल्दिभ्स गरी ४ टिमा मात्र हुने भएका हुन् । महिला फुटबलमा सहगिता नजनाउने पाकिस्तान पुरुष फुबटल र क्रिकेटमा पनि सहभागी हुने छैन ।

४ टिम मात्र सहभागी हुने भएपछि महिला फुटबल राउन्ड रोबिन लिगका आधारमा हुने भएको छ । नेपालले मंसिर १७ गते श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । यस्तै, १९ गते माल्दिभ्स र २१ गते भारतसँग खेल्ने छन् । लिगका शीर्ष दुई टिम फाइलन पुग्ने छन् । फाइलन मंसिर २३ गते हुने छ ।

नेपालले महिला फुटबलमा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन । फाइलनमा लगातार भारतसँग पराजित हुँदै नेपाल रजतमै सीमित बनेको छ ।

सागका लागि महिला फुटबल टिम

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ

डिफेन्डर : पुजा राना, पुनम जर्घामगर, अमृता जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पुजा राना

मिडफिल्डर : रेनुका नगरकोटी, दीपा राई, सरु लिम्बू, इन्दिरा राई, अनिता बस्ने, मञ्जलीकुमारी योञ्जन र विमला चोधरी

स्ट्राइकर : सावित्रा भण्डारी, निरु थापा र अनिता केसी