आगामी मंसिरमा नेपाल आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली पुरुष फुटबल टिमको प्रारम्भि छनोट गरिएको छ ।
यू–२३ टिम सहभागी हुने प्रतियोगिताका लागि घोषणा गरिएको ४५ सदस्यीय प्रारम्भिक टिममा ५ सिनियर खेलाडीलाई पनि समावेश गरिएको छ । सागका लागि परेका सिनियर खेलाडी रोहित चन्द, किरण चेम्जोङ, विक्रम लामा, नवयुग श्रेष्ठ र सुजल श्रेष्ठ छन् ।
सागमा ३ जनामात्र सिनियर खेलाडी राख्न पाउने भएपनि प्रारम्भिक चरणमा ५ सिनियर खेलाडीलाई समावेश गरिएको हो । नेपाली टिमले शुक्रबारबाटै प्रशिक्षण थालेको छ । पहिलो दिनको प्रशिक्षणमा २५ जना मात्र सहभागी थिए ।
विश्वकप छनोटका लागि राष्ट्रिय टिम पनि प्रशिक्षणमा रहेकाले सागको टिममा थोरै मात्र प्रशिक्षणमा सहभागी भए । राष्ट्रिय टिमम रहेका यू–२३ का खेलाडीले राष्ट्रिय टिममै प्रशिक्षण गर्ने एन्फाले जनाएको छ ।
बालगोपाल महर्जनले सागका लागि नेपाली टोलीको प्रशिक्षणको जिम्मा पाएका छन् । महर्जनकै प्रशिणमा १२औं सागमा भारतलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो ।
प्रारम्भिक टिम
गोलकिपर : किरण चेम्जोङ, रोमन रसाइली, अर्पण कार्की, दिप कार्की, देव लिम्बु, प्रदीप भण्डारी, अभिषेक बराल ।
डिफेन्डर : रोहित चन्द, असिम भुषाल, विश्वास उदास, अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, छिरिङ गुरुङ, गौरव बुढाथोकी, राजन गुरुङ, रोमन लिम्बु, सुमन आर्याल, अमित तामाङ ।
मिडफिल्डर : विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापामगर, रोशन पहरी, नितिन थापा, तेज तामाङ, अरिक विष्ट, अरुज सिंह, अशोक थापा, विजय श्रेष्ठ, दिपेश आलेमग, सेसेहाङ आङ्देम्बे, सुशान्त श्रेष्ठ, रामचन्द्र बाजी ।
स्ट्राइकर : विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, प्रिजेन तामाङ, रेजिन सुब्बा, धिरज श्रेष्ठ, राजेश परियार, मिछेन तामाङ, , राजिव लोप्चन, पुजन उपरकोटी ।