°
, June 7, 2023 in
0

सागलाई प्रभावित गर्नु देशप्रति गद्दारी गर्नु हो : सदस्यसचिव विष्ट

SHARE:

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केवशकुमार विष्टले आसन्न साग खेलकुदलाई सफल बनाउन सम्बन्धित सबै पक्ष एकजुट भएर लाग्नु पर्ने बताएका छन् । सदस्यसचिव विष्टले सागलाई प्रभावित गर्न खोज्नु देश र खेलकुदप्रति गद्दारी गरेको ठहरिने धारणा राखे ।

राजधानीमा आयोजित १३ औं सागको तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल कार्यक्रममा सदस्यसचिव विष्टले उक्त कुरा बताएका हुन् । उलने सो अवसरमा समग्रमा आठौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब सागलाई अर्जुनदृष्टि बनाएर सम्बन्धित सबै अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याए ।

सोही कार्यक्रममा राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं राष्ट्रिय खेलकुदले खेलाडीमा उर्जा थपेको बताउँदै तेक्वान्दोको विवाद छिट्टै समाधान हुने बताए । यस्तै, खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सबैको सहयोगले आठौं राष्ट्रिय खेलकुद सम्भव भएको बताए । उलने राष्ट्रको प्रतिष्ठाका लागि साग निर्धारित समयमै आयोजना हुनु पर्नेमा विशेष जोड दिए ।

कार्यक्रममा विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीहरुले आठौं र सागका विषयमा आ–आफ्नो धारणासहितको सुझाव दिएका थिए । १३ औं साग सचिवालयका प्रमुख कमल खनालले हालसम्म भएका सागको तयारीका विषयमा जानकारी गराएका थिए भने आठौं राष्ट्रिय खेलकुद सचिवालय प्रमुख इन्द्र कार्कीले आठौं राष्ट्रिय खेलकुदको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सागको तयारी तथा आठौं राष्ट्रिय खेलकुदको समिक्षात्मक छलफल कार्यक्रम अघि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताभित्र निर्मित अडोटोरियम हलको उद्घाटन गरिएको थियो । हलको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए । करिब २ करोड १५ लाख लागतमा निर्माण गरिएको हल २ सय जना अटाउने क्षमताको छ ।

हलको उद्घाटन गर्दै खेलकुद मन्त्री विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद समग्रमा सफलतापूर्वक सम्पन्न भएको बताउँदै खेलकुदका ठूला ठूला पूर्वाधार बनाउन सरकार केन्द्रीत रहेको बताए ।

यसैगरी सोही अवसरमा सदस्यसचिव विष्टको चार वर्षे कार्यकालमा आधारित रहेर तयार गरिएको ‘यात्रा’ नामक पुस्तकको पनि खेलकुद मन्त्री विश्वकर्माले विमोचन गरेका थिए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *