महिला फुटबलको बन्द प्रशिक्षणबाट बाहिरिए १७ खेलाडी

राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन्। प्रारम्भिक बन्द प्रशिक्षणमा कुल ४५ खेलाडी सहभागी थिए।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीमध्येबाट २८ जना छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ। एन्फाले एएफसी महिला एसियन कप २०२२ छनोटका लागि ४५ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको थियो।

नेपाल प्रतियोगिताको समूह ‘एफ’मा रहेको छ। सो समूहमा नेपालसहित फिलिपिन्स र हङकङ पनि रहेका छन्। छनोट खेल उज्वेकिस्तानमा हुनेछ।

एएफसीले १३ देखि २५ सेप्टेम्बरसम्म छनोट खेल हुने मिति तोकेको छ। समूहको शीर्षस्थानमा रहने टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

प्रारम्भिक बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा रेखा पौडेल, कुसुम खतिवडालगायत छन्।

बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीः

  • अनिता बस्नेत
  • अनिता केसी
  • अन्जली वाइबा
  • सरु लिम्बु
  • अन्जना राना मगर
  • एन्जिला सुब्बा
  • उषा नाथ
  • अमिशा कार्की
  • अमृता जैशी
  • विमला बिक
  • विमला चौधरी
  • दिपा राई
  • गीता राना
  • हिमा चौधरी
  • हिरा भुजेल
  • इन्द्र राई
  • मनिषा राउत
  • मन्जली थोकर
  • निशा थोकर
  • प्रिती राई
  • पुजा राना
  • पुनम जर्गा मगर
  • रजनी थोकर
  • रश्मी घिसिङ
  • रेनुका नगरकोटी
  • सबिता राना
  • शर्मिला थापा
  • सिर्जना सिंह