अस्ट्रेलियामा जारी १८ औं विश्व र्याफ्टिङ च्याम्पियनसिपअन्तर्गत स्प्रिन्टको पुरुषमा नेपाली टिमले पाँचौं स्थान हाँसिल गरेको छ । विश्व र्याफ्टिङ च्याम्पियनसिपमा यो नेपालको सबैभन्दा उत्कृष्ट नतिजा हो ।
अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित टाली नदीमा बिहीबार २४७.७८ सेकेन्डमा दुरी पुरा गर्दै पाँचौं स्थान हासिल गरेको हो । नेपाली टिमको कप्तानी सुरज गुुरुङले गरेका थिए ।
नेपाली टिमले हेड टु हेडमा शुक्रबार चीनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल जितेमा नेपालको क्वार्टरफाइनल भेट ब्राजिलसँग खेल्ने छ ।
नेपाली टिममा सुरजसहित शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ छन् भने वैकल्पिक खेलाडी सुनिल गुरुङ छन् ।
१६ देश सहभागी पुरुष स्प्रिन्टमा डिफेन्डिङ च्याम्पियन ब्राजिलले स्वर्ण पदक जितेको छ । उसले निर्धारित दुरी २४२.५२ सेकेन्डमा पार गरेको थियो । यस स्पर्धामा जापानले रजत र रुसले कास्य पदक जिते ।