नेपाली यू-१९ क्रिकेट टोली स्वदेश फर्किएको छ। दुबईमा आयोजना भएको एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी भएर नेपाली टोली बिहीबार स्वदेश फर्किएको हो।
समूह ‘बी’ मा रहेको नेपाल अंक नजोडी घर फर्किएको हो। नेपाल पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो।
यस्तै, दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो। अन्तिम खेलमा नेपाल कुवेतसँग १ विकेटले पराजित भएको थियो।