°
, June 7, 2023 in

थ्री नेसन्स कपको टिमबारे एन्फाले भन्यो– भुटान र लाओसलाई कमजोर टिम भन्न मिल्दैन

SHARE:

मंगलबारबाट दशरथ रंगशालामा सुरु हुने प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा कमजोर टिम नल्याएको दाबी अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। प्रतियोगिता अघि आयोजित प्रि म्याच कन्फ्रेन्समा एन्फाले त्यस्तो दाबी गरेको हो।

एन्फाले थ्री नेसन्स कपका लागि भुटान र लाओसलाई आमन्त्रण गरेको छ । त्यसको आलोचना भएपछि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रिम्याच कन्फ्रेन्समा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले वरियताकै आधकारमा कुनै टिमलाई कमजोर भन्न नमिल्ने बताए ।

‘आमन्त्रित देशलाई कमाजोर भन्न मिल्दैन । वरीयताकै आधारमा कसैलाई कमजोर मान्न सकिन्न, हामीले कमजोर विपक्षीलाई हेरेर ल्याएका होइनौं,’ उपाध्यक्ष खड्काले भने।

प्रतियोगिताका लागि फिलिपिन्स र मलेसियासँग कुरा भएपनि उनीहरुको समय नमिल्दा त्यो सम्भव नभएको उनले बताए । फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा छ भने भुटान १८५ ‍औं र लावस १८७ ‍औं स्थामा छन् ।

थ्री नेसन्स कप प्रतियोगिता दशरथ रंगशालामा चैत ८ गतेदेखि १७ गतेसम्म आयोजना हुने छ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको ब्रोडकास्टिङ, डिजिटल र मार्केटिङको अधिकार २० लाख रुपैयाँमा एमडीएसी स्पोर्टस् प्रालिले पाएको छ । एन्फाले टिकेटिङ् भने आफैँले गर्ने जनाएको छ ।

SHARE: