मनाङ, मछिन्द्र र एपिएफले एएफसीको लाइसेन्स पाउने

थप तीन नेपालका ए डिभिजन क्लबले एएफसीको लाइसेन्स पाउने भएका छन्। एन्फका अनुसार घरेलु फुटबलको सर्र्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी, मछिन्द्र क्लब र विभागीय टिम एफिएफ क्लबले अब एएफसीको लाइसेन्स पाउने छन्।

यो सँगै एएफसीको लाइसेन्स पाउने नेपाली क्लबको संख्या चार पुगेको छ । गत वर्ष नै विभागीय टिम त्रिभुवन आर्मी क्लबले एएफसीको लाइसेन्स पाइसकेको छ।

फस्ट इन्स्यान्ट बडी (एफआईबी)ले थप तीन नेपाली क्लबलाई एन्फाले जनाएको छ। एएफसी क्लब लाइसेन्सिङ प्रकिया पूरा गरेको क्लबहरुलाई क्लब लाइसेन्स दिने निर्णय गरिएको एन्फाले जनाएको छ ।

यस्तै एन्फाले राष्ट्रिय क्लब लाइसेन्सको विषयमा अर्को महिना निर्णय गर्ने पनि जनाएको छ ।