लेवान्डोस्की चम्किएपछि डर्टमन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपरकप

चिरपरिचित प्रतिद्वन्द्वी बोरुसिया डटर्मन्डलाई हराउँदै बायर्न म्युनिखले जर्मन सुपरकप उपाधि जितेको छ। डर्टमन्डको मैदान सिंगल आइडुन पार्कमा भएको खेलमा डर्टमन्डकै पूर्वखेलाडी रोबर्ट लेवान्डोस्की चम्किएपछि बायर्नले ३–१ जितसहित जर्मन सुपर कप उपाधि उपचाल्यो।

बायर्ननको जितमा पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले २ गोल गरे भने अर्को गोल थोमस मुलरले गरे। डर्टमन्डका लागि कप्तान मार्को रिउसले गरे।

प्रतिस्पर्धात्मक खेलमा ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । उनले सर्गी गनाब्रीको पासमा हेडिङ गोल गरेका थिए। ४९ औं मिनेटमा मुलरले गोल गरेपछि बायर्नले पहिलो हामै २–०को अग्रता लियो।

६४ औं मिनेटमा डर्टमण्डका रिउसले जुडे बेलिङघमको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काउने प्रयास गरे। तर, ७४ औं मिनेटमा लेवान्डोस्कीले कोरेन्टिन टोलिसोको पासमा पुनः गोल गर्दै बार्यनलाई ३–१ को जित दिलाए ।

सन् २०१४ मा डर्टमुन्ड छाडेयता ३२ वर्षीय लेवनडोस्कीले आफ्नै पूर्व क्लबविरुद्ध २४ गोल गरिसकेका छन् । बायर्न डर्टमुन्डविरुद्धका पछिल्ला सबै छ खेलमा विजयी रहेको छ ।

बार्यनले नवौं पटक सुपर कपको उपाधि जितेको हो । बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले जर्मन सुपर कपमा प्रतिस्पर्धा गर्छन्।