ढोरपाटन राष्ट्रिय भलिबलको उपाधि एपिएफलाई

पाँचौँ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ३–०को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।

एपिएफले गण्डकी प्रदेशलाई २५–१९, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित ग¥यो । उपाधिसँगै एपिएफले १ लाख रुपैयाँ जित्यो भने उपविजेता गण्डकी प्रदेशले ६० हजार रुपैयाँ प्राप्त ग¥यो । यस्तै तेस्रो भएको गीताञ्जलि कलेजले ३५ हजार रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगिताका उत्कृष्ट बनेका एपिएफका महेन्द्र श्रेष्ठले मोटरसाइकल प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट सर्भर गीताञ्जलीका दौलत सिंह, सेटर एपिएफका दिनेश गिरी, डिफेन्स गण्डकी प्रदेशका राजन दर्लामी मगर घाषित भए । यस्तै, उत्कृष्ट स्पाइकर एपिएफका टेकराज अवस्थी, ब्लकर गण्डकी प्रदेशका हरि पाण्डे, क्वीकर एपिएफका बलिराम चौधरी र प्रशिक्षक एपिएफका ज्ञानेद्र विष्ट घोषित भए । उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी आयोजक ढोरपाटन क्लबलाई पराजित गर्दै गीताञ्जली क्लबले तेस्रो स्थान हात पा¥यो । गीताञ्जलीले ढोरपाटनलाई २८–२५, ३०–२८ र २५–१५ को सेटमा पराजित ग¥यो ।

नेपाल भलिबल सघंको संयोजन तथा ढोरपाटन क्लबको आयोजना गरेको प्रतियोगितामा १६ टोली सहभागी थिए ।