साउथह्याम्पटनको पोस्टमा युनाईटेडको ९ गोल

Read Time:3 Minute

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले साउथह्याम्पटनमाथि ९–०को शानदार जित निकालेको हो ।

यो जितसँगै युनाइटेडले लिगमा लगातारको दुई खेलमा जितबिहीन यात्रालाई पनि टुंग्याएको छ । यसअघिका दुई खेलमा युनाइटेडले १ हार र १ बराबरी खेलेको थियो । आर्सलनसँग गोलरहित बराबरी खेलेको ऊ सेफिल्ड युनाइटेडसँग १–०ले पराजित भएको थियो । त्यही दुई खेलको नतिजापछि युनाइटेडले शीर्ष स्थान गुमाएको थियो ।

मंगलबार ओल्डट्राफोर्डमा युनाइटेडका लागि ७ खेलाडीले गोल गरे । उसका एन्थोनी मार्सियलले २ गोल गर्दा, इडिन्सन काभानी, मार्कस रास्फोर्ड, ब्रुनो फर्नान्डेस, आरोन वान बिसाका, स्कट म्याकटोनिया र ड्यानिअल जेम्सले गोल गरेका थिए । एक गोल आत्घाती भएको थियो ।

साउथह्याम्पटनले खेल ९ खेलाडीमा रहेर अन्त्य गरेको थियो । उसका एलेक्सजेन्ड्रा जान्केविट्जले दोस्रो मिनेटमै रातो कार्ड पाएका थिए भने जान बेन्डनरेकले ८६औं मिनेटमा रातो कार्ड पाएका थिए । युनाइटेडले पहिलो हाफमा ४ र दोस्रो हाफमा ५ गोल गरेका थियो ।

१८औं मिनेटमा वान वासिकाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । ३४औं मिनेटमा जान बेन्डनरेकले आफ्नै पोष्टमा गोल गरेपछि युनाइटेडले ३–०को अग्रता लियो । ३९औं मिनेटमा काभानीले गोल गरेपछि युनायटेडले पहिलो हाफमै ४–०को अग्रता लियो ।

दोस्रो हाफमा युनाईटेडले थप पाँच गोल गरेको थियो । ६९औं मिनेटमा मार्सियल, ७१ औं मिनेटमा म्याकटोनियाले गोल गरेपछि युनाइटेडले ६–०को अग्रता लियो । त्यसपछि ८७औं मिनेट फर्नाडेसले पेनाल्टीमा, ९०औं मिनेटमा मार्सियल र इन्जुरी समयमा जेम्सले गोल गरेपछि युनाइटेडले फराकिलो जित निकाल्यो ।

जितसँगै युनाइटेडले शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँग अंक बराबरी गरेका छ । २२ खेलमा ४४ अंकका साथ युनाइटेड दोस्रो स्थानमा छ । २० खेल मात्र खेलेका सिटीक ४४ अंककै साथ शीर्ष स्थानमा छ । साउथह्याम्पटन २९ अंक जोडेर १२औं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post टि–१० लिगमा सोमापालले लिए पहिलो विकेट
Next post रोनाल्डोको २ गोलमा युभेन्ट्सले इन्टर मिलानलाई हरायो
Close