क्लब भलिबल च्याम्पियनसिप १० असोजबाट हुने

Read Time:1 Minute

एनभीए क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ। महिला र पुरुष क्लबको सहभागीता रहने च्याम्पियनसिपको यो छैठौं संस्करण हो।

भलिबल संघले असोज १० देखि १६ सम्म च्याम्पियनसिप सञ्चालन हुने जनाएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गरि संघले कार्यक्रमका बारेमा जानकारी दिएको हो। च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

पुरुषतर्फको स्पर्धामा नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, ढोरपाटन स्पोर्टस क्लब, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, गल्कोट स्पोर्टस, टिपटप हेल्प नेपाल, मणिमुकुन्द क्लब, मिलन क्लब र नयाँबजार सामाजिक क्लबको सहभागीता रहने संघले जनाएको छ। यसैगरी, महिलातर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, न्यू डाइमण्ड, ढोरपाटन स्पोर्टस क्लब र एभरेस्ट क्लब बुटवलले सहभागिता जनाउने छन्।

यस संस्करणमा पुरस्कार राशी पनि बढाइएको संघले जानकारी दिएको छ। च्याम्पियनले ४ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुनेले १ लाख पुरस्कार राशी प्राप्त गर्नेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन् भने विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १० हजार जित्नेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पोखराले सार्वजनिक गर्‍यो नयाँ लोगो र जर्सी
Next post बर्लिन म्याराथनमा सहभागी हुने धर्मको बिदाई
Close