यसै वर्ष अयोाजना हुने १४औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपिएल)को अक्सनमा ८ नेपाली खेलाडी सहभागी हुने भएका छन् । १८ फेब्रुअरीमा हुने मिनि अक्सनका लागि सन्दीप लामिछाने, शरद भेषावकर, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र अभिनाश बोहाले नाम दर्ता गराएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
८ नेपाली खेलाडीसँगै अक्सनमा विश्वभरका १०९७ खेलाडीले नाम दर्ता गराएका छन् । सन्दीपले लागतार तीन सिजन आईपिएल खेलेपनि अन्य नेपाली खेलाडी भने अक्सनमा समेत सभागी भएका थिएनन् । यतिधेरै नेपाली खेलाडी आईपिएल अक्सनमा हसभागी हुन लागेको पहिलो पटक हो।
अक्सनमा नाम दर्ता गराउनेमा ७४३ अक्याप्ड लोकल खेलाडी छन् भने २१ जना क्याप्ड लोकल खेलाडी छन् । यस्तै, १८६ क्याप्ड ओभरसिज खेलाडीले नाम दर्ता गराउँदा २७ एसोसिएट खेलाडीले पनि अक्सनका लागि नाम दर्ता गरएका छन् ।
यस्तै, अनक्याप्ड ६८ ओरसिज खेलाडीसँगै ५० अनक्याप्ड लोकल खेलाडी (१ आईपिएपल म्याच खेलेका) र २ ओभरसिज अनक्याप्ड (१ आईपिएपल म्याच खेलेका) खेलाडी पनि अक्सनमा सहभागी हुने छन् ।
अक्सनमा भारतका ८१४, वेस्ट इन्डिजका ५६, अस्ट्रेलियाका ४२, दक्षिण अफ्रिकाका ३८, श्रीलंका ३१, अफगानिस्तान ३०, न्यूजिल्यान्डका २९, इंग्ल्यान्डका २१, युएईका ९, नेपालका ८, स्कटल्यान्डका ७, बंगलादेशका ५, आयरल्यान्ड, जिम्बाबे र अमेरिकाका समान २–२ तथा नेदरल्यान्डबाट एक खेलाडी सहभगाी हुने छन् ।

सन्दीपले ३ सिजन दिल्ली क्यापिटल्सबाट आईपिएल खेलेको थिए । यो सिजन भने सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । उनी तीनसिज अघि २० लाख भारुमा दिल्लीमा आबद्ध भएका थिए ।
एउटा फ्रेन्चाइज टिमले बढिमा २५ खेलाडी आफ्नो टिममा राख्न पाउँछन्। तर, यो अक्सनबाट भने ६१ खेलाडीलाई आठ फ्रेन्चाइज टिमले अनुबन्धित गर्नेछ। जसमा २२ विदेशी खेलाडी अक्सनबाट छानिने छन्।