म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युनाइटेडले टोटनहममाथि ३–०को जित निकाल्यो।
युनाइटेडको जितमा रोनाल्डोसँगै इडिन्सन काभानी र मार्कस रास्फोडले गोल गरे । ३९औं मिनेटमा रोनाल्डोको गोलमा युनाइटेडले अग्रता लियो । उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए । ६४औं मिनेटमा रोनाल्डोको पासमा काभानीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयतिर रासफोर्डले गोल गर्दै टोलीलाई सहज जित दिलाए।
खेलमा बल पोसनमा राम्रो बनाए पनि टोटनहमले उलेख्य आक्रमण गर्न सकेन । उसले ५९ प्रतिशत बल पोजेसन बनाउँदै ९ सट प्रहार गरेपनि कुनैपनि सट फ्रेममा थिएन। यता, युनाइटेडले १० सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।
जितपछि १७ अंकरसहित युनाइटेड अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। पराजित टोटेनहम भने १५ अंकसहित आठौं स्थानमा छ।