नवौं राष्ट्रिय खेलकुद : ३६ खेल, ४०७ इभेन्ट्स, ३९३ स्वर्ण

Read Time:1 मिनेट

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद कुल ४०७ इभेन्ट्समा ३९३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ।

नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिले कुल ४०७ इभेन्ट्समा ३९३ स्वर्ण, ३९३ रजत र ६०१ कास्य पदका लागि प्रतिस्पर्धा हुने टुंगो लगाएको छ। समितिले सरोकालवालाहरुसँग छलफल गरेर पदकको टुंगो लगाएको हो।

असोज अन्तिम सातादेखि सुरु हुने राष्ट्रिय खेलकुदमा कुल ३६ खेल समावेश छन्। जसमा सात प्रदेश, तीन विभागीय र एनआरएनएको टिम गरी कुल ११ टिमको सहभागीता रहने छ।

प्रत्येक टिमले बढीमा ३६९ पुरुष र ३३९ महिला खेलाडी सभागी गराउन पाउने छन्। राखेपले भदौ १५ भित्र खेलाडी संख्या र २५ गतेभित्र नाम दर्ता गराउन भनेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post स्पेनिस डिफेन्डर कुकुरेया चेल्सीमा
Next post बीआईबी कप बास्केटबल सोमबारदेखि
Close