नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

Read Time:1 Minute

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सर्वाजनिक भएको छ। शनिबार एक कार्यक्रबबीच युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराज, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालालगायतले राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका हुन्।

कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको मस्कटमा कस्तुरी मृग प्रयोग गरिएको छ भने लोगोमा समग्र गण्डकी प्रदेशको झल्को दिइएको छ।

नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गन्डकी प्रदेशमा आयोजना हुने छ ।

गत वैशाख ४ गते राखेपले नवौंका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारको व्यवस्थासहित सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनाअनुसार लोगोका लागि १३ र मस्कटका लागि चार आवेदन परेको थियो । लोगोमध्येबाट भोलाको कला छनोट भए पनि मस्कटमा चारै आवेदनले मापदण्ड पूरा नगरेपछि भोलालाई नै बनाउने जिम्मा दिइएको थियो ।

यस्तै, नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रने छ। यो नारा शुयोग्यराज काफ्लेले जुराएका हुन् ।

लोगो बनाउनेले ५०, मस्कट बनाउनेले २५ र नारा बनाउने १० हजार रुपैयाँ प्राप्त गरेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जिम्बाबेविरुद्ध टस जितेर नेपालले फिल्डिङ रोज्यो, सुनिल र विनोदलाई मौका
Next post जिम्बाबे एविरुद्ध चम्किए करण र सोमपाल, नेपालले सुरुआतमै लियाे ५ विकेट
Close