ए डिभिजन फुटसल लिग : ढुकुलाई हराउँदै संखमुल शीर्ष स्थानमा, द राइजिङ क्लब धरान र सबिन मेमोरियलले अंक बाँडे

काठमाडौंको संखमुल फुटसल पोखरामा जारी ए डिभिजन लिग राष्ट्रिय फुटसल लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा काठमाडौंकै ढुकु फुटसललाई ६–२ले पराजित गर्दै संखमुल शीर्ष स्थानमा उक्लिएको हो।

संखमुललाई जित दिलाउन सुसन श्रेष्ठले दुई गोल गर्दा जेनिस प्रजापति, अरुज सिंह, मणि लामा र क्रिजल खड्काले पनि गोल गरे । ढुकुका सुव्रत नरसिंह राणा र अमित लामाले गोल गरेका थिए।

यसैगरी आइतबार नै भएको अर्को खेलमा द राइजिङ क्लब धरान र सविन मेमोरियल एफसी पोखराले बराबरी खेल्दै अंक बाँडेका छन्। द राइजिगङ क्लब धरान र सविन मेमोरियलले ५–५ गोलको बराबरी खेलेका हुन्।

राइजिङका लागि सुदिप गुरुङले ह्याट्रिक पूरा गरे भने नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हेमन्त थापामगरले दुई गोल गरे । सविन मोमोरियलका अविनाश तामाङ र मनिस क्षेत्रीले २–२ तथा सुनिल बिकेले १ गोल गरे।

जारी लिगमा ५ खेलमा ११ अंक जोडेको संखमुल शीर्ष स्थानमा उक्लिएको छ। ४ अंक जोडेको ढुकु सातौं स्थानमा छ । बराबरीसँगै द राजिइङ र सविन मेमोरियल दुवैले शीर्ष स्थानमा उक्लिने अवसर गुमाए । समान १० अंक जोडेका सविन मेमोरियल र द राइजिङ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

Facebook Comments Box